मण्डला इन्टरटेनमेन्ट द्वारा आयोजित Nepal’s DASM Superstar को पहिलो चरणको अडिसन भव्य रूपमा सम्पन्न

शनिबार २० गते काठमाडौं जोरपाटी स्थित बाहुन्धारामा रहेको सिज्जलर क्याफेमा Nepal’s DASM Superstar को पहिलो चरणको अडिसन भव्य र सभ्य रूपले सम्पन्न भएको छ।

२१२ जनाको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न भएको हो । उक्त रियालिटी शो’लाई मण्डला इन्टरटेनमेन्टले आयोजना गरेको हो,नियमित रूपमा हरेक वर्ष आयोजना भइराख्ने सानातिना कार्यक्रमहरु भन्दा अलिक फरक शैलीमा मण्डला इन्टरटेनमेन्ट द्वारा Nepal’s DASM Superstar ल्याइएको हो भन्छन मण्डला इन्टरटेनमेन्टका सी.ई.ओ.गायक सोसोलोजी, प्रोग्राम अर्गनाईजर र्याप गायक भरत समारी ।

बिज्ञापन

पहिलो चरणको अडिसनम,जोरपाटीका विभिन्न स्कूलहरुका गायन, नृत्य, अभिनय, मोडलिङ,मा रुचि हुने २१२ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । यस अडिसनमा निर्णायकको रुपमा बहुप्रतिभाका धनी वन लेग डान्सर सिता सुवेदी, निर्देशक कलाकार माधवराज खरेल,गायक संगीतकार चिरञ्जीवी भण्डारी ,गायक डेभिड शंकर,र्याप गायक भरत समारी,डान्सर सन्दीप भुजेल,टेलिभिजनकर्मी आर जे सरु राना, गायक कमल अधिकारी, गायक भद्र ओली, लगायतले अडिसनमा जजको भुमिका निर्वाह गर्नु भएको थियो ।

विगत लामो समय देखि कार्यक्रम गर्दै आएको मण्डला इन्टरटेनमेन्टले निरन्तर धेरै चर्चित कार्यक्रमहरु गर्दै आईरहेको छ। जस्तै,जूनियर सुपर मोडल, मण्डला राष्ट्रिय सम्मान,राष्ट्रिय मण्डला साहित्य रत्न सम्मान, सुपर किड्स एण्ड टिन इन्टरनेशनल नेपाल, लगायत थुप्रै कार्य्रकम गर्दै आएको मण्डला इन्टरटेन्मन्टले, अहिले भने Nepal’s DASM Superstar सँग सँगै मण्डला नेशनल ग्राम्मी अवार्ड र र्यापरहरुको लागि (र्याप ब्याटल ) पनि गर्दै आईरहेको छ ।

यस कार्यक्रमलाई सफल पार्नका निम्ति कार्यक्रम अर्गनाइजर भरत समारी लगायत सम्पूर्ण मण्डला टीम र मण्डला परिवार निशा तामाङ, सुजन सापकोटा,सुस्मिता तिमल्सिना प्रभात बस्नेत, प्रशान्त नेपाल,अनमोल बोगटी, दिक्षा सापकोटा, सन्तोष राना, अभय महर्जन सम्पूर्णलाई कार्यक्रमको सफलता अग्रिम शुभकामना ।