दोलालघाट – तारकेश्वर नगरपालिका वडा नं. १ साङ्ला साबिक वडा नं. ५ र ९ का स्थानीय बासिन्दाहरु भुम्लु गाउँपालिका वडा नं. ८ दोलालघाटमा पिकनिक कार्यक्रम २०८० सम्पन्न गरेका छन् । शनिबार दोलालघाटमा सम्पन्न पिकनिक कार्यक्रम बाट पुराना वासिन्दाहरु एक जुट हुनको लागी तारकेश्वर क्लब ६० संस्था स्थापना गर्ने भएका छन् । समाजसेवी, अभियान्ता तथा सञ्चारकर्मी राजन थापाको सभापतित्वमा पहिचान, अपनत्व र अधिकारी हाम्रो एकता नै दिगो बिकासको आधार भन्ने मुल नाराको साथमा तारकेश्वर क्लब ६० संस्था हुने भएको छ । प्रस्तावित नाम तारकेश्वर क्लब ६० संस्था स्थापना गर्नको लागि नै पिकनिक कार्यक्रम भएको बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक समाजसेवी चेत बहादुर थापा रहनु भएको थियो । त्यस्तै गरि इन्द्र बहादुर थापा, तार्केश्वर नगरपालिका वडा नं. १ को वडा सदस्य अचुत राज कुँवर अतिथि रहनु भएको थियो ।
तारकेश्वर नगरपालिका वडा नं. १ का पुराना बासिन्दाहरु फेरि एक जुट भएका छन् । सबैले आफ्नो राजनीति आस्थालाई छोडेर भाइचाराको सम्बन्ध कायम गरेका छन् ।

कार्यक्रममा किश्वर के.सि, राजु केसि, सचित कुँँवर, दिप कुमार बुढाथोकी, रमेश मानसिह कुँवर, अजय थापा लगायतले राजनीति आफ्नो आफ्नो ठाउँमा छ । कुनै पार्टी राजनीति यो संस्था नचलोस, नितान्त आफ्नो ठाउँ बनाउन यो संस्थाले काम गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रम बारे महेश कुँवरले प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन सञ्चारकर्मी सानुकाजि थापाले गर्नु भएको थियो । कार्यक्रममा झण्डै ७० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापति राजन थापाले आफ्नो ठाउँको बिकास गर्नको लागि दाजुभाइहरुले यो पार्टी र त्यो पार्टी नभनी आफ्नो ठाउँको बिकास गर्न सहयोग पुर्याउन अनुरोध गर्नु भएको थियो । सबै जना एक जुट भए कसैले हेप्न पेल्न नसक्ने बताउदै आजै बाट एक जुन भएको सन्देश दिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly