आवासीय विद्यालयहरुको संस्था ईप्सन भक्तपुरले आयोजना गरेको अन्तर विद्यालय लोक नृतय प्रतियोगिता सम्पन्न भएको छ ।

इप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल, भक्तपुरमा अवस्थित पारिजात विद्या कुन्ज स्कुलको प्रांगणमा ईप्सन अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
इप्सन भक्तपुरका अध्यक्ष जि बी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रथम इडन गार्डेन स्कुल, द्धितीय मदरल्याण्ड स्कुल, तृतीय सूर्योदय स्कुल र सान्त्वना सेन्ट जोन इंगलिस स्कुल बन्न सफल भए । प्रतियोगितामा इडन गार्डेन स्कुलले शेर्पा, मदरल्याण्ड स्कुलले ९राई०
जातीको लोक नृत्य साकेला चण्डी, सूर्योदय सेकेन्डरी स्कुलले सुदुर पश्चिमको हुट्केली नृत्य तथा सेन्ट जोन इंगलिस स्कुलले मगर जातीको कौरा नृत्य प्रस्तुत गरेका थिए ।

एघार विद्यालय सदस्य रहेको इप्सनका ८ विद्यालयले ८ वटा लोक नृत्य प्रतियोगितामा प्रतिस्पर्र्धा गरेका थिए । प्रतियोगितामा क्वालिटी इंगलिस स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, पारिजात बिद्या कुन्ज, हिमाल एकेडेमी, मदरल्याण्ड इंगलिस स्कुल, ग्लोबल एकेडेमी, इडन गार्डेन स्कुल, सेन्ट जोन इंगलिस स्कुल, युनिटी इंगलिस स्कुल र बिमल मेमोरियल बिद्यापिठले सहभागिता जनाएका थिए ।

आयोजक बिद्यालय पारिजात बिद्या कुन्जका प्रिन्सिपल तथा ईप्सनका सह(सचिव बिक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईप्सनका अध्यक्ष तथा क्वालिटी इंगलिस स्कुलका प्रिन्सिपल जि बी खड्काले हाम्रो लोक सस्कृति लोप हुदा साँस्कृतिक बिचलन आउने बताए । खड्काले यसको संरक्षण आवश्यक रहेकोले लोक सस्कृतिको संरक्षण गर्नको लागि हामी सबैको महत्वपूर्ण भूमिका रहने बताए । उनले ईप्सन भित्रका सबै सदस्य विद्यालय एउटै घर भित्र रहेकाले विजेता जुनै स्कुल भए पनि जित विद्यार्थीहरुको जित हुने धारणा राखेका थिए । खड्काले यस वर्षको ईप्सन अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न गरी सहयोग गरेकोमा पारिजात बिद्या कुन्ज स्कुल परिवारलाई धन्यवाद दिए ।

नेपाली लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा रहेका बेला यसरी ईप्सनले प्रतियोगिता संचालन गर्न दिएकोमा खुशी प्रकट गर्दै विद्यालयका प्रिन्सिपल बिक्रम थापाले आगामी दिनहरुमा पनि इप्सनले यस्तो अवसर प्रदान गरे अन्य कार्यक्रमहरु गर्न पनि बिद्यालय तयार रहेको बताउँदै आभार प्रकट गरे । कार्यक्रममा कल्पना राचल श्रेष्ठ, बुद्द लामा र अरुण घिमिरे निर्णयक थिए ।

कार्यक्रममा आयोजक पारिजात बिद्या कुन्ज स्कुलको तर्फबाट विद्यालयका शिक्षक पुरुषोत्तम ढकालले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक शेखर खड्काले कार्यक्रम संचालन गरेका थिए गर्नुभएको थियो । कार्यक्रममा ईप्सनमा आवद्ध बिभिन्न बिद्यालयबाट शिक्षक शिक्षिका तथा अभिभावक र प्रतियोगी विद्यार्थी भाइबहिनीहरु लगाएतको उल्लेखनीय उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly