खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरि विश्व बजारको अधिकाशं देशहरुमा निर्यात गर्दै आएको नन्दिनी हर्वल केयर प्रा.लि.का उत्कृष्ट ब्राण्डहरु नेपालमा भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई,कतार,थाईलैण्ड,न्यूजिल्याण्ड, ओमन,वंगलादेश,श्रीलंका लगायत करिव ४५ वटा देशहरुमा निर्यात हुदै आएको नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । पछिल्लो पटक खानामा होस या अन्य वस्तुहरुमा अर्गानिक उत्पादनहरुको माग ह्वात्तै बढेको छ । यसै अनुरुप बजारको माग अनुसार नेपालमा पनि सन स्क्रिन, मोश्चराईजर ,फेश वास, डे क्रिम, नाईट क्रिम,ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरुको विक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए । उनका अनुसार, नेपाली उपभोक्ता माझ भारतिय सौन्दर्य सामाग्रीहरुको विश्वासका कारण लामो अनुसन्धान पछि हाम्रा अर्गानिक सौन्दर्य सामाग्रीहरुलाई सहज रुपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरु भित्राइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको लिम्बानी बताउछन्।


नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट,वितरक,व्यूटिपार्लर,सलुन,मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलव्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा वजारीकरण तथा व्यबस्थापनको जिम्मेवारी लिएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिवद्धता जनाएको कम्पनीले करिव ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । नेपालको अधिकांश युनीसेक्स सलुन,पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्मा बताउछन । भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्ड भित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क छौं, उनी बताउछन ।

नन्दिनी अर्गानिक ब्राण्डका वारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल -२००० उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।
मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन । संचारकर्मी सोनीत राज ढुंगेलले संचालन गरेको कार्यक्रममा संचारकर्मी राज लुईटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।

तस्विरः सुरेन्द्र थापा

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly