काभ्रेपलान्चोक – धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव समारोहको उद्घाटन धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो ।

समारोहमा बोल्दै नगर प्रमुख ब्यान्जुले सामुदायिक विद्यालयले स्तरीय गरिखाने शिक्षा प्रदान गरेकाले सबै अभिभावकले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बताउनु भयो । उहाँलेनगरपालिकाले गरीब निवारण,भौतिक पूर्वाधारको विकास, शिक्षाको गूर्णस्तर वृद्धि शुद्ध खानेपानी घरघरमा एक घर एक धारा निर्माण गरी सबैलाई पानी पुर्याउने अभियानमा जुटेको बताउनु भयो। 

धुलिखेल नगरपालिका वडा नं ३ का अध्यक्ष गणेश आचार्य, सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष साधुराम बडाल, नेपाल पत्रकार महासंघ काभ्रे पूर्व उपाध्यक्ष एबं काभ्रे टाइम्स साप्ताहिकको कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने , शिक्षक अभिभावक संघ अध्यक्ष सन्तोष गौतम लगायतले मन्तव्य राख्नु भएको थियो।


प्रधानाध्याक नवराज तिमल्सिनाले शैक्षिक प्रगति र भावी कार्ययोजना प्रस्तुति र लेखापाल दामोदर बडालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो। उत्कृष्ट कार्य गरे बापत शिक्षक विमला खड्का र श्याम मिजार सम्मानित हुनु भएको थियो । विद्यार्थीहरुले सांस्कृतिक सहित मनोरञ्जन कार्यक्रम प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..