काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाकाे आयोजनामा संचालन भएको शिविरमा सिंगापुर रेडक्रश र प्रारम्भ सामाजिक संस्थाको सहयोग रहेको थियो ।

असार २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरकाे समापन गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले गर्नु भएको थियोे । उक्त कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएको उपाध्यक्ष तामाङले स्वास्थ शिविर संचालन पश्चात धेरै स्थानीय विरामीहरुले सेवा लिएको भन्दै खुशी व्यक्त गर्नु भएको छ।

उक्त शिविरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नु भएका सम्पूर्ण विशेषज्ञ चिकित्सकहरुको समूहलाई तामाङले धन्यवाद सहित प्रशंसा पत्र वितरण गर्नु भएको थियो । शिविरमा ४८७ जना भुम्लु का विरामीहरुकाे स्वास्थ्य चेक जाँच गरिएकाे पालिकाकाे स्वास्थ शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly