काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको वडा नं. २ को सिमानामा नगरकोटको टावर नीर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बन्ने भएको छ । आज बनेपा नगरपालिकाको प्रमुख उप-प्रमुख र प्रशासकीय अधिकृतको टोलिले अनुगमन गरेर गेट निर्माण गर्न आदेश दिनु भएको हो ।  

बनेपा नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत उक्त ठाँउमा सुविधा सम्पन्न सार्वजानिक शौचालय, पार्किङ्ग स्थल, पिककिन स्पोर्ट बनाउनका लागी बजेटको ब्यबस्था गरिएको नगर प्रमुख लक्ष्मी नरसिहं बादेले बताउनु भयो ।  

उक्त योजनाको निरिक्षण गर्नका लागी नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, योजना अधिकृत शर्मिला बन्जाडे, इजिनियर सिर्मल मुस्याजु, स्थानिय बासी लगायतको टोलिले अनुगमन गरेको थियो । टोलिले बासाझाङ्ग नगरकोट सडक कालोपत्रेको समेत अनुगमन गरेको थियो ।  

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..