काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर ९ लाई स्मार्ट वडाको रुपमा विकसित गर्न वडाका विभिन्न १८ स्थानमा एक कार्यक्रमबिच सिसि क्यामरा जडान गरिएको छ ।

वडा बासीको शान्ति सुरक्षाका लागि १० लाखको लागतमा १८ स्थानमा जडान गरिएका सिसि टिभी क्यामराको कन्ट्रोल बनेपा नगरपालिका वडा नं. ९ ले गर्ने गरि जडान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादेले सीसी क्यामेराको जडान कार्य महत्वपूर्ण रहेको बताउँदै सुरक्षित सहर निर्माणमा आफूले पनि सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले सीसी क्यामेरा जडानसँगै बजार क्षेत्रका व्यापारीहरूले सुरक्षित महसुस गर्ने र अझै यसलाई प्रभावकारी बनाउनको लागि धार्मिक सम्पदा, जात्रा हुने स्थान र भिडभाड हुने स्थानमा अझै सिसि क्यामेरा थप्न समेत अनुरोध गर्नु भएको छ ।

वडामा हुने सम्पूर्ण गतिविधि हेर्न मिल्ने र बासी लाई सुरक्षाको अनुभुती दिलाउनको लागि उक्त सिसिटिभी जडान गरिएको वडा अध्यक्ष नृपेश वादेले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै इप्रका बनेपा प्रमुख रेशम बोहराले अपराध नियन्त्रणमा आम नागरिक र प्रहरी हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सिसि टिभी क्यामराको कन्ट्रोल रुमको आज एक कार्यक्रमबिच बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादे, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख रेशम बोहरा, बनेपा नगरपालिका वडा नं. ९ का वडा सदस्य, वडा सचीव, प्रविधिक लगायत अन्यको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly