काभ्रेपलाञ्चोक, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, बागमती प्रदेश बचत संघ र सहकारी संघको संयुक्त सहकार्यमा व्याजदर पुनरावलोकनको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत सहकारी विभागमा ज्ञापन पत्र बुझाइएको छ । 

जिल्ला संघका अध्यक्ष दिलिप शर्माको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र पेश गरेको हो ।

अभियन्ताहरुले वित्तीय क्षेत्रमा प्रतिस्पर्धाको चाप परिरहेको अवस्थामा राज्यको ३ खम्बे अर्थ नीतिमा समेटिएको सहकारी क्षेत्र पुँजी पलायनको मारमा परेको जनाउँदै सन्दर्भ ब्याजदर खारेजीको माग गरेको छ ।

विभागद्वारा हालै जारी ८८ बुँदे निर्देशन संशोधन गर्न, सहकारी क्षेत्रको सुरक्षा र संरक्षणको उपाय गर्न, नीति तथा कार्यक्रम र योजना बनाउँदा अभियानसँग सहकार्य गर्नुपर्ने लगायतका माग गरिएको छ ।

]

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..