काठमाण्डौ – पाथिभरा एकेडेमी बिद्यालयको बार्सिक उत्सब तथा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा एकेडमीका सस्थापक प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले सम्पुर्ण अभिभाबकहरुलाइ स्वागत गर्दै बिद्यालयको पृष्ठभुमि, भाबी योजना, प्रगती विवरण प्रस्तुत गरेका थिए । विद्यालयका संचालक सदस्यबुद्धि बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने विद्यालय सन्चालक अध्यक्ष रामचन्द्र थापा मगर, पाथिभराका सस्थापक समेत रहेका प्रज्ञा इङलिस सेकेन्डरी स्कुलका प्रध्यानाध्यापक टंकप्रसाद सिटौला ले सान्दर्भिक मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिधालयले मन्टेस्वरी तह सकाएका १९ जना नानिबाबुहरुलाई दिक्षान्त समेत गरेको थियो । कार्यक्रममा मन्टेस्वोरी संयोजक लक्ष्मी प्रधानाङले कार्यक्रम संचालन गरेकी थिइन् । विद्यालयमा निरन्तर ५ बर्ष पूरा गरेको अबसरमा शिक्षिका आशिका श्रेष्ठ र १० बर्ष पूरा गरेकोमा शिक्षिका दोय शर्मिला प्रधानाङ र कमला लिम्बुलाइ प्रशंसा पत्र प्रदान गरिएको द्यिालयका सस्थापक प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले जानकारी दिए ।

विद्यालयका ब्यबस्थापन समितिको अध्यक्ष हेमन्त सिटौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । करिव ४०० अभिभावक उपस्थित कार्यक्रममा सम्पुर्ण उपस्थित अभिभावक हरुलाइ बिधालयको शैक्षिक संयोजक शर्मिला प्रधानाङ , कल्पना वोली, शिक्षिका रिता दाहाल र अनिता खडकाले खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य , गित , कविता , प्रहशसन, नाटक प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly