काठमाडौं । दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ को अवसरमा समाजसेवी एवं पत्रकार राजन थापा सम्मानित भएका छन् । बुधबार देखि सुरु भएको ह्विलचियर क्रिकेट एसिया कपको समापन कार्यक्रममा समाजसेवी थापालाई भारत र सह आयोजक नेपालले सम्मान गरेको हो । यस्तै, आयोजक पाकिस्तानबाट भने उनलाई मायाको चिनो प्रदान गरिएको थियो ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको थियो । पाँच राष्ट्र सम्मिलित एसिया कप क्रिकेट प्रतियोगिता २०२३ को उपाधि पाकिस्तानले जितेको छ।

यस्तै, भारत द्धितिय, श्रीलङ्का तृतिय, बङ्गलादेश चौथो र घरेलु टोली नेपाल पाँचौं भएको समाजसेवी थापाले जानकारी दिए ।लामो समयदेखि सामाजिक काममा सक्रिय थापा हालसम्म थुप्रै कार्यक्रमहरुमा सम्मानित भएपनि आज भने एउटै मञ्चमा दुई वटा सम्मान र मायाको चिनो प्राप्त गर्दा गर्व भएको महशुस गर्छन् । सामाजिक क्षेत्रमा उल्लेखनिय काम गरेका थापालाई झन् यस सम्मानले हौसला थपेको छ । काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर न पा १ मा माता सुन्तलि थापा पिता रामकृष्ण थापाको कोखबाट जन्म लिएका थापा बाल्यकाल देखि नै सामाजिक काममा सक्रिय छन् । समाजसेवी थापाले नेपालमा माहामारि भुकम्पका बेला काभ्रे, गोर्खा नुवाकोट जस्ता बढी क्षति भएको जिल्लामा आफैं उपस्थित भई कपडा, जस्तापाता, खाद्यान्न , औषधि लगायत सामाग्री वितरण गरेका थिए ।यसैगरी, समाजसेवी थापा कोरोनाको समयमा पनि आफ्नो ज्यानको प्रभाव नगरि उपत्यकाका विभिन्न अस्पतालमा पुगि हजारौंको ज्यान बचाउन सफल भएका थिए ।

कोभिड १९ संंक्रमित भएकालाई साथ दिन र सहयोग गर्न हरेक दिन विभिन्न अस्पतालमा पुगि बेड आईसियु, भेन्टिलेटर जस्ता अति महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापन गराउन मदत गर्नुका साथै , घरमा रहेका एवम् अस्पतालमा भएका बिरामिको स्वास्थ्य अवस्थाको बारेमा बुझि बिरामिलाई अस्पताल पुय्राउने काम समेत उनले गरेका थिए ।

काठमाडौ उपत्यकाका तीनै जिल्लाका सबै अस्पतालका सञ्चालक समितिसँग समन्वय गरेर आफ्नो सम्पर्कमा आएका कोरोना संक्रमितहरुलाइ उपचारको प्रबन्ध समेत मिलाएका समाजसेवी थापाले उपत्यकाका मानिसहरुलाई खाना बाँड्ने र सडकमा भेटिएका भोकाहरुलाई पनि जहाँजहाँ भेटिन्छन् त्यही खानाको ब्यवस्था गरेको र औषधि नपाई छट्पटीका हरुलाई औषधि र सिलिन्डर उपलब्ध गराएको र घरमै आईसोलेसनमा बसेकाहरुलाई पनि आफुहरुले सहयोग गरेको समाजसेवी थापा सम्झिन्छन् । साधारण परिवारमा जन्मिएका थापा एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहेका छन् । थापा धन सम्पत्तिको कुनै लोभ राख्दैनन् ।

 

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..