काभ्रेपलाञ्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र मन्नु अटो वर्कशपको समन्वयमा यान्त्रिक परिक्षण तथा चेकजाँच गरिएको हो ।

अरनिको राजमार्ग साँगामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले अरनिको राजमार्गमा चल्ने ६८ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गरेको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश थापाले काभ्रे प्रेस डट कम लाई जानकारी दिनुभयो ।

चेकजाँच बाट यान्त्रिक परीक्षण गर्दा ठिक नभएका सवारीसाधन लाई कार्वाही गरिएको र १२३ थान पर्चा पम्पलेट समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।   

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..