काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले फाेहाेर मैला ब्यबस्थापन र कौसी खेति प्रबर्द्वनका लागि कम्पाेष्ट बिन बितरण गरेकाे छ । आज बनेपा नगरपालिका वडा नं. ५ को कार्यालय बाट वितरण गरिएको हो।

बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य उप-प्रमुख विमला सापकाेटा, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमागाई र वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीको साथै वडा सदस्यीयहरू,कृषि शाखाका अधिकृत लगायतको सहभागितामा वितरण गरिएको थियो।

नगरले पहिलाे चरण कौसी तरकारी खेति तालिम लिने ५ सय जनालाई ५० प्रतिशत अनुदानमा कम्पाेष्ट बिन बितरण गरेकाे छ भने थप २ हजार जनालाई बितरण गर्ने नगर प्रमुख शाक्यले बताउनु भयाेे ।                                             

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.