काठमाडौँको तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजारसहित एकजना पक्राउ

काठमाडौँ महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार ५ सय रूपैयाँसहित एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर भएका १९ वर्षीय दावा शेर्पा रहेका छन् ।

उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

बिज्ञापन