काभ्रेपलान्चोक – ओर्जिनल इन्टरटेन्मेन्टका अध्यक्ष शिरिषा पौडेललाई महिला उद्यमी सम्मान २०७८ बाट सम्मानित गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM AWARD 2078) मा आम सञ्चार क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गदै नेपाल विज्ञापन संघकी कार्यकारी सदस्य समेत रहेकी पाैडेललाई सम्मानित गरिएको हो ।

नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष आयाेजना हुने अवार्डकाे यो पाँचौँ संस्करण हाे ।

वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए । 

नेपाली बाहेक ६वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनाेट भएका विभिन्न भाषाभाषीका गीतहरूसहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।

त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमर’ सम्मानित भएका छन् । यस्तै रंग पत्रकारितामा लामो समय कलम चलाएका पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

यस्तै लामो समयदेखि मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दीर्घराज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दीपक शर्मालाई युवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानबाट सम्मानित गरिएको जाेशीले जानकारी दिइन् । – शिलापत्र बाट साभार

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly