काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ ।
बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडि देखिको इतिहास बोकेको एक धार्मिक क्षेत्र हो ।

यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेलको डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।   

यस क्षेत्रको समग्र विकास गर्ने हो भने यहाको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।
यस क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा आलु खेतिले मनग्गे आम्दानी गर्ने सक्छ ।

युवा व्यवसायी तथा युवा नेता रविन्द्र वैदारले यस बारे अवलोकन गरि पछि यस्तो भन्नु हुन्छ यो क्षेत्रको विकासको लागि सडकको संरचनामा विकास गरि जलजले क्षेत्रलाई मर्मत संहार गरि ड्याम्म बनाएर प्रचारप्रसार गर्ने सकियो भने दैनिक धेरै पर्यटक भित्र्याउन सकिन्छ । बासुकि क्षेत्र र काभ्रे भिमसेन क्षेत्रलाई समेटेर संगै रहेको गुम्बा डाडामा पिक्निक स्पोट बनाउन पहल गर्ने बताउनु भयो। 

यस क्षेत्रलाई समग्र विकास गर्ने सकियो भने बनेपाका व्यक्तिहरू लाई घुम्ने राम्रो ठाउँ बन्ने र आन्तरिक र बाहिरी पर्यटकको आउने दर पनि बढ्नेमा आफू विस्वस्त भएको उहाँले बताउनुभयो । उहाले यस क्षेत्रको विकासको लागि आफुले जस्तोसुकै सहयोग गर्ने जानकारी दिनु भयो ।                     

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..