एसीसी यू-१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,
मंसिर १५ ।

एसीसी यू-१९ पुरूष प्रिमियर कपको उपाधिका लागि आज (सोमबार) नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ ।

बिज्ञापन

लगातार दोस्रो पटक उपाधिको लक्ष्यसहित यूएई पुगेको नेपाली युवा टिमले उपाधिका लागि घरेलु टिमको सामना गर्न लागेको हो । यूएईको अमजानमा हुने यो खेल विहान पौने ११ बजे सुरू हुनेछ ।

नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह सी को विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग खेलेको थियो नेपालले मलेसियालाई ५१ रनमा नै अलआउट गरेको थियो ।

नेपाली टिम लगातार दोस्रो उपाधिको पर्खाइमा छ। यता अर्को फाइनालिस्ट टिम यूएईले ओमान माथि आठ विकेटको जित निकालेर नेपालसँगको भेट पक्का गरकेको हो ।