काभ्रेपलान्चोक – ईकाला प्रहरी कार्यालय मंगलटारले बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको छ । पछिल्लो समय नयाँ प्रहरी प्रमुख आएसँगै मंगलटार प्रहरी कार्यालयले आफ्नो सक्रियता बढएको देखिन्छ ।

बीपी राजमार्गमा चेकिङको क्रममा तेमाल गाउँपालिका र्भोज्याङबाट आएको यात्रुबाहकबाट प्रहरीले बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको प्रहरी कार्यालयले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।

र्भोज्याङबाट बनेपा आउँदै गरेको बा.३.ख. ६३९३ नम्बर यात्रुबाहक बसमा राखेर ल्याउँदै गरेको पाँच बोरा बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मंगलटारको प्रमुख प्रहरी निरीक्षक पन्च लाल गोलेले जानकारी दिनु भयो ।  बिना कागजपत्र ल्याएकाले बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिएको बुद्धचित्ताको दानाका बारे थप अनुसन्धान थालिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..