बनेपामा अन्तर–चर्च फुटसल प्रतियोगिता सम्पन्न, वचत रकमबाट पोर्टेज संस्थालाई सहयोग

काभ्रेपलान्चोक – बनेपा नगरपालिका–१० मा रहेको जीवन दिने चर्च, जनागलले काभ्रेमै पहिलोपटक अन्तर–चर्च फुटसल प्रतियोगिता आयोजना गरेको छ। भाद्र २० गते मंगलबार सम्पन्न उक्त प्रतियोगितामा काभ्रेका विभिन्न चर्चका १३ वटा टिम सहभागी भएका थिए।

प्रतियोगितामा सियोन रोपेका चर्च प्रथम र NGCएफ चर्च नाला दोस्रो हुन सफल भएका थिए। प्रतियोगितामा सहयोग गर्ने सम्पूर्ण हातहरूलाई आयोजक चर्चले आभार प्रकट गरेको छ।

बिज्ञापन

प्रतियोगिताबाट संकलित केही रकम बनेपा–१२,मा रहेको “पोर्टेज तथा पुनर्स्थापना संस्था नेपाल” लाई हस्तान्तरण गरिएको छ। उक्त संस्था मानसिक रुपमा पीडित बालबालिकालाई शिक्षादेखि पुनर्स्थापनासम्मका गतिविधिमा संलग्न रहँदै आएको छ।
१. पानी तताउने डिस्पेन्सर – १ थान
२. पानीको जार – १ थान
३. चामल – १ बोरा
४. तेल – ५ लि.
५. चना – ३ के.जि.
६. चिनी – ३ के.जि.
७. टूथपेष्ट/ब्रस/लाइफबॉय – १५/१५ पीस
८. दाल – ५ के.जि.

यस सहयोगले संस्थामा रहेका बालबालिकाको शैक्षिक तथा दैनिकी आवश्यकतामा सहयोग पुग्ने आशा आयोजकले व्यक्त गरेका छन्।