काभ्रे – जिल्लाको भुम्लु गाउँपालिका स्थित भुम्लुटारका किसानलाई उन्नत जातका बोयर बाख्रा वितरण गरिएको छ । भुम्लु गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रम ५०% अनुदानमा बोयर ३० वटा बाख्रा र ३ वटा बोयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले भुम्लुटारको किसानलाई उन्नत जातको ३० वटा बोयर बाख्रा र ३ वटा बोयर बोका गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले वितरण गरेकी हुन् । गाउँपालिकाले बाख्रा प्रर्बद्धन गर्नका साथै बाख्रा पालनबाट किसानको जीवनस्तर सुर्धानका लागि अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठले बताइन् ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठ, वडा अध्यक्ष मोतीलाल तामाङ, युवा नेता दिपक गौतम, भुम्लु शाखाको प्रमुख बिजय थापा लगायत किसानहरुको उपस्थितिमा वडा कार्यालय भुम्लुटारबाट किसानहरुलाई बाख्रा वितरण गरिएको थियो ।

बेथानचोक खबर बाट

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो