

अन्तरक्रिया सत्रमा सहभागी महिला हरूले बीमा सम्बन्धी बीमा पछी रोग लाग्यो भने पाँउने सुविधा , बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुर्दैन , पि आई डि को सुविधा कसरी ले र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराउनु भयो । उहाँले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउर्दैँ हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औलाउनुभयो । उहाँले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिएको थियो । कार्यक्रममा विभिन्न ४ बटा भर्जन समुहका करिव ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।





