महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातमा नोटिस समेत छ ।

लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो ।

आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ । ज्योत्सनाको साथमा संझौता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..