काठमाडौं । तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको अबसरमा कोट तेमाल परिवारको आयोजनमा विश्व शान्ति पुजासंगै सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी माघ महिनाभरी सोनाम ल्होछार मनाउने चलन छ । मञ्जुश्री पात्रोअनुसार बाँदर,चरा,मुसा,बाघ, बिरालो, घोडा, सुंगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रगन गरी १२ वर्गमा सोनाम ल्होछार विभाजन गरी मनाउने क्रममा यस वर्ष बिरालो वर्ग पर्दछ ।

यसै अवसरमा धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण स्थलको रुपमा बुझिने तेमालमा पनि पहिलो पटक बृहत विश्व शान्ति पुजा एवम् २८५९ औं ‘ग्योई तावर ल्हो’ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेका छन् ।

हिजो बौद्ध स्थित सेकुवा जक्सनमा एक पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका थिए । विशेषगरी तामाङहरुको उदगम थलो, तामाङको अन्तिम राजा ह्रेन्जेन दोर्जेले शासन गरेको भूमि, पद्मसम्भव अर्थात गुरु ह्रेन्पोछेले तपस्या गरेको पवित्र भूमि तेमाललाई पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गर्न नसक्दा बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउन नसकेको ठहर गर्दै उक्त कार्यक्रम राखेको कार्यक्रम संयोजक इश्वराज तामाङले बताए ।

पत्रकार सम्मेलन तामाङले थप भने ‘धार्मिक दृष्टिकोणले गेलुप पहरा र तोङसुम कुन्डा जस्तो गुरु ह्रेम्पोछेले तपस्या गरेको स्थल तेमालमा छ तर यो कुरा हामीले प्रचारमा ल्याउन सकेको छैन । गुरु ह्रेन्पोछेले तपस्या गरेको तिब्बतको टाइगरनेस भन्ने ठाउमा हजारौं डलर खर्च गरेर पर्यटकहरु जान्छन् तर हाम्रो ठाउमा पनि त्यस्तै धार्मिक महत्त्व बोकेको स्थल भएर पनि हामीले प्रचारमा ल्याउन सकेनौं । यो कार्यक्रमले यसमा केही टेवा पुग्छ भन्ने हामीलाई विश्वास छ ।’

उक्त पुजा कार्यक्रममा १०८ जना बौद्ध लामा गुरुहरुबाट तिन दिनसम्म पुजापाठ गर्ने र विशेषगरी उक्त पुजामा टुल्कु सोनाम गार्वाङ रिम्पोछे(चार अवतार) र अन्य गुरुहरुबाट आयु अभिषेक हुने भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित कोटतेमालमा माघ १६ गतेबाट सुरु हुने उक्त पुजाको अन्तिम दिन माघ १८ गते बृहत सांस्कृतिक कार्यक्रम तय भएको छ ।

कार्यक्रममा कलाकारहरु तामाङ समुदायको पहिलो र्यापर उत्तर लामा, गायक/गायिका बेनु लामा, हावा लामा, प्रतिक मोक्तान, प्रमिला तामाङ, विजयी लामा, इन्द्रकला राई लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुति समेत हुनेभएकोले उक्त विश्व शान्ति पुजा तथा सांस्कृतिक कार्यक्रम सहभागिताको लागि आयोजकले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..