सञ्चारकर्मी तथा गीतकार एवं मिलाप कार्यकारी सम्पादक गीता अधिकारीले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूबीच मनाउनुभएको छ । उहाँले आइतबार आफ्नो जन्मदिन गोकर्णमा रहेको ‘स्वस्थ समाज नेपाल’मा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच मनाउनुभएको हो । एक दर्जनभन्दा बढी बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच खाना खुवाएर र आफूले सक्दो सहयोग गरेर उहाँले आफ्नो जन्मदिन मनाएको बताउनुभयो । जन्म दिनमा गरिने फजुल खर्च केही भए पनि सामाजिक कार्यमा लगाउने उद्देश्यले आफ्नो जन्मदिन अपाङ्गता भएका बालबालिकासँग मनाएको मिलाप फाउण्डेशनको अध्यक्षसमेत रहनुभएकी अधिकारीले बताउनुभयो । ‘एक दिन भए पनि अनाथ बालबालिकालाई मिठो मसिनो खुवाउने तथा सक्दो केही सहयोग पुर्‍याउ भन्ने सोचले ‘स्वस्थ समाज नेपाल’ मा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकासँग जन्म दिन मनाएकी हुँ’, उहाँले भन्नुभयो, ‘जन्म दिनमा गरिने फजुल खर्चलाई सबैले राम्रो काममा खर्च गर्न सकियो भने थोरै भए पनि परिवर्तन ल्याउन सकिन्छ ।’ उहाँले विगतका वर्षमा पनि असाहय बालबालिकाबीच जन्मदिन मनाउँदै आएको र यो वर्ष पनि त्यसैलाई निरन्तरता दिएको बताउनुभयो । ‘विगत वर्षमा मैले आफ्नो जन्मदिन असाहय बालबालिकाबीच मनाउने गरेको थिए । विभिन्न संघ संस्थामा सहयोग गर्दै मनाउने गरेकी थिए यस पल्ट गोकर्णमा रहेको स्वस्थ समाज नेपालमा बौद्धिक अपांग भएका बालबालिकाबीच मनाएकी हुँ’, उहाँले भन्नुभयो । हिटाकर्मी अधिकारीलाई हिमालय टाइम्सको तर्फबाट पनि जन्मदिनको अवसरमा मङ्गलमय शुभकामना ।

तपाईको प्रतिक्रिया

सेवा नै धर्म हो || काभ्रे भुम्लुका देबेन्द्र||भिडियो लाई धेरै भन्दा धेरै सियेर गरेर सहयोग गर्दिनुहोस