काभ्रेपलान्चोक – मोफसल को विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा निर्देशकको भुमीकामा निकै ब्यस्त बनेका छन जस बहादुर याक्खा ‘जसु’ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ उनी बताउछन ।

अहिले उनी कलाकारिताको साथै विभिन्न मौलिक कला सस्कृति झल्कने भिडियोको निमार्णको क्रममा निर्देशकको भुमीका निभाउदै कलाकारिताका लागी निकै लागिपरेका छन् । छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली सुगम संगीतका गीतहरुमा अभिनय साथै निर्देशकको भुमीकामा उनलाई देख्न सकिन्छ । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पु¥यो क्षेत्रमा होमिएको बताउँछन । उनी सगँ नव क्षितिज साप्ताहिकका लागी अरविन्द्र गौतमले गरेको कुराकानी 

तपाईको कलाकारिता यात्रा कस्तो भैरहेको छ ?
कलाकारिता यात्रामा सक्रिय रुपमा लागी परेको छु । मौलिक कला र सस्कृतिलाई झल्काउने किसिमका नयाँ काम गर्दै अगाडि बढी रहेको छु । नयाँ कर्ममै आफुलाई सक्रिय बनाइरहेको छु ।कलाकारिता क्षेत्रको माध्यमबाट केही नविनतम साथै भावी पिडिलाई आफनो कर्मको पथलाई अगाडी बढाएको छु ।

० त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
मोडलिङ्ग ,भिडियो निर्देशन र साथी भाई हरु सगँ नयाँ नयाँ ठाउँ घुम्न घाम गर्न पाउँदा असाध्यै खुशी लाग्छ ।

० तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली मोडलिङ क्षेत्रलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र साथै मोडलिङलाई अगाडि बढाएर अगाडि बढेको खण्डमा नेपाली कलाकार ले पनी फरक किसिमले अगाडि जाने थियो की ? हामीले कलाकारिता क्षेत्रमा जिवन्त आभाष दिने किसिमको सिर्जनालाई अगाडि बढाएको खण्डमा कला क्षेत्रमा अझ ब्यापक रुपमा अगाडि बढाउन सकिन्थियो जस्तो लाग्छ ।

० नव कलाकार एवम अग्रज हरुमा चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई जिवन्तता दिदै नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ जस्तो लाग्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ।

तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बाल्यकाल देखी नै कलारिता प्रति मोह भएकाले काठमाण्डौ बसाईमा आफनो जिवनको केही सपना पुरा गरौ भन्ने सोचका साथ कलाकारितामा लागे । परदेशमा रहदा पनी मलाई नेपालको कलाकारितालाई आफुले सकेको केही गर्नु पर्छ जस्तो लाग्यो । काफल खाँदा गीतबाट मैले कलाकारिताको क्षेत्रमा केही गरौ भन्ने चाहनाको साथ अगाडि आएको हुँ ।

० तपाईले अभिनयमा गरेका सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?
निर्देशन गरेका चर्चा बटुलेका म्युजिक भिडियोहरु , हिड कान्छी , खोज्दा खोज्दै, बर्बाद, मैले भुल, सम्झना भो, फुलको कुरा , बवार्द आदि ं म्युजिक भिडियोहरु निर्देशन गरि सकेको छु । अभिनय गरेको गीतहरु मैले भुल , सलल बग्ने , काफल खादा , घामै र लाग्यो घमाइलो आदी हुन । मेरो अभिनय तथा निर्देशनलाई आम भगवान रुपी दर्शक तथा स्रोताले अधिक मन पराई दिनुभयो जस्को कारणबाट मैले विभिन्न अवार्ड पनी जित्न सफल भए ।

० तपाई ले प्राप्त गरेका अवार्डहरु कुन –कुन हुन ?
क्यिटिभ इन्साइडर मिडिया तथा शुभ कामना मिडिया सोलुसनले आयोजना गरेको नेपाली आर्ट एण्ड कल्चर म्युजिक अवार्डमा नहेर मलाई त्यसरी गीतबाट सर्वोकृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड पाए भने नेशनल इन्टरटेन्मेन्ट अवार्डमा पनी मेरो निर्देशनमा रहेको गीतले सर्वोकृष्ट भिडियो निर्देशकको उपाधी हासिँल गर्न सफल भए । साथै योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्ड सर्वोकृष्ट आधुनिक भिडियो निर्देशक को उपाधी हासिँल गरे । जसको कारणबाट नेपाली संगीत र कलाकारिताको लागी केही थप हौसला एवम् प्रेरणा मिलेको छ । पछिल्लो समयमा मैले स्टार इन्टरटेमेन्ट अवार्ड पनी हासिँल गर्न सफल भए । आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ । आगामी समयमा रजतपटको क्षेत्रमा आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा रहेको छु । जसको लागी मैले बर्तमान समयमा विभिन्न तयारीहरु गरिरहेको छु । साथै नेपाली सुगम गीतका भिडियोका साथै पप आधुनिक गीतमा पनी आफनो अभिनय कलाको माध्यमबाट थप प्रभावकारी काम गर्ने र फरक धारबाट अगाडि बढने योजना रहेको छ । गीत संगीतमा फरक तरिकाबाट अगाडि ल्याउनुपर्छ भन्ने सोचका साथ अगाडि लागी परेको छु । द सरकार ,

जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?
म आफैले एउटा रयाप गीत ‘मेरो देश नेपाल‘ मा आफनो आवाज दिने मौका पाएको थिए । जुन गीतमा देश प्रतिको माया र स्नेहलाई समेटेको छु । नेपाली जनताले भोगेको विभिन्न समस्या र देशको नेतृत्वले जनतालाई हेर्ने नजरको विषयमा विलकुल फरक तरिकाबाट प्रस्तुत गरेको छु । जुन गीत बजारमा आउने क्रममा रहेको छ ।

नयाँ पुस्तालाई के भन्नुहुन्छ त ?
आजको लागि मात्रमात्र होइन, दीर्घकालीन सोचेर काम गर्नुपर्छ । अरूको मात्र कपी नगरौं । गीत मन पराउन भाषा बुझ्नु पर्दैन, प्रस्तुतीकरण र कला–संस्कृति पस्कन सक्नुपर्छ । समाजमा गीत–संगीतले विकृति फैलाउने होइन, सन्देश दिनुपर्छ । उत्प्रेरणा दिनुपर्छ । जसको लागि आफ्नो धारलाई नछोडौँ, अध्ययन गरौँ । सम्मान लिने मात्र हैन, दिन पनि सक्नुपर्छ । सम्मान दिएपछि मात्र सम्मान पाइन्छ । मौलिक पनलाई प्रस्तुत गर्न सकिने हुनुपर्छ ।

यसको अर्थ, अहिले बजारमा आएका गीतप्रति सन्तुष्ट हुनुहुन्न ?
अहिले गीत–संगीत बजारमा मौलिकता भएका राम्रा गीत आउनै छोडे । अटो टयुनमा गीतहरु धमाधम बजारमा आउदा सिर्जनशिलताको अभाव भएको छ । सबै सिस्टम नै के भएको हो कुन्नी ! हुन त अहिले गीत–संगीत व्यावसायिक भइरहेको छ । युट्युबबाट पैसा तानिरहेको छ । राम्रो कुरा होे । तर जुन किसिमको बजार बन्दैछ, त्यो ठीक भएको छैन । हामी सभ्य भएनौँ । न संस्कार सिक्यौं, न सभ्य असल नागरिक हुन सक्यौँ । चाहिनेभन्दा नचाहिने कुरालाई बढी प्राथमिकता दिने ट्रेन्ड देखिएको छ । मौलिकता के हो, गीत–संगीतको अर्थ के हुन्छ, कलाकारको दायित्व के हुन्छ, विशेषता के हुन्छ अध्ययन हुनु पर्ने हो । तर त्यस्तो देखिएको छैन । राम्रा गीत–संगीत चल्यो भने रेमिटेन्स बढी आउँछ । हाम्रो कला–संस्कृति विश्व संगीतको बजारमा फैलँदै जान्छ । नव सर्जक एवम पुराना सष्ट्राहरुले पनी ब्यावासयिक रुपमा गीत संगीतमा लाग्दै जाने कारणले गर्दा प्रतिष्पधाको जमनालाई आत्मसाथ गर्दा सिङगो सांगितीक बजार नै ध्वस्त भएको छ ।

यतिबेला मौलिक सिर्जनशिलता भएका राम्रा कलाकार पछाडि परेका छन् । सोसियल मिडियामा विकृति बढी भयो । टिकटक , युटुव , फेसबुक लगायतका सामाजिक सञ्जालमा कलाकारहरु रमाउदा आम दर्शक तथा स्रोताको नजरमा कलाकार निकै चिप भइरहेका छन । राम्रो चिजलाई प्राथमिकता दिन जानेनौँ । यो हेर्दा दुःख लाग्छ । अब सबैले ओझेल परेका राम्रो कलाकारलाई बचाउनुपर्छ । स्रष्टालाई खान लाउन धौ–धौ छ । कलाकारको बिजोग छ । यो अवस्था चित्तबुझ्दो छैन । गलत भएको छ । यसलाई सच्याउनुपर्छ । अनिमात्र भविष्य राम्रो हुन्छ ।

तपाईंको स्वभावचाहिँ कस्तो छ ?
भिडियो निर्देशन र कलाकारिताको क्षेत्रमा लागेको छु । यसमा मौलिकतामा ध्यान दिन्छु । मैले अभिनय शुरुबाट सुरु गरे । अनि भिडियो पनी निर्देशन गरेँ । तर शैलीमा नेपालीपन खोज्छु । भिडियोमा केही न केही परक पन प्रत्येक भिडियोमा ल्याउने गरेको छु । साथै, व्यावसायिकता मात्रै सोच्दिनँ । भिडियो निमार्ण गर्नुभन्दा अगाडि राम्रो तयारी गर्छु । सिक्नका लागि विदेशी हेर्छु , सहकर्मीहरुको क्रियसनलाई नजिक बाट हेर्छु । सामाजिक रूपमा अप्ठ्यारो र अन्याय परेका मानिसलाई सहयोग गर्ने स्वभाव छ ।
पछिल्लो समय कलाकारहरू पनि राजनीतिमा छन् ।

तपाईंको के छ विचार ?
मेरो मान्यता के छ भने राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले जीवनको पहिलो खुड्किलामै राजनीति गर्छु भनेर हिँडेको छ । राम्रो काम गरिरहेका छैनन्, जनता निराश छन्, त्यो अर्कै कुरा भयो । राष्ट्र निर्माणका लागि सबै राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । यदि आज राजनीति गर्नेहरूले सुचारु हिसाबले राजनीतिलाई अघि बढाएको भए कला क्षेत्रमा काम गर्नेले कलालाई अघि बढाउँथ्यो, बिजनेशले त्यही क्षेत्रबारे सोच्थ्यो, अन्य सबै क्षेत्रकाले त्यसैगरी आ–आफ्नो क्षेत्रलाई अर्को उचाइमा पु¥याउन भूमिका खेल्थे । यसरी नै त हो देश विकास हुने । अरू क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति राजनीतिमा लागोस् भन्न थालियो भने त्यही क्षेत्रको अवस्थाचाहिँ के हुन्छ नि ? त्यतातिर पनि सोच्नुपर्छ ।

हामीकहाँ जसले राजनीति सम्हाल्नुपर्ने हो, उहाँहरूले राम्रोसँग सम्हाल्न सक्नुभएको छैन । त्यसैले जनताले अर्कै क्षेत्रमा राम्रो गर्ने व्यक्ति राजनीतिमा आइदिए त्यस्तै राम्रो हुन्थ्यो कि भनेर शुभेच्छा प्रकट गरिरहेको हो । मलाई राजनीतिमा चासो छ तर यसैमा लाग्ने सोच छैन । यति हो, म उदार लोकतान्त्रिक व्यक्ति हो । मेरो क्षेत्रले पनि त्यही माग गर्छ । उदार लोकतान्त्रिक नभइकन सिर्जना हुन्छ भन्ने लाग्दैन ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
नेपाली कलाकारितमा गरिरहेको छु । हजुरहरुकै मायाले म टिकेको छु नेपाली मौलिक सिर्जनाहरुलाई सदैव माया गरिदिनुहोला साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरो अभियन तथा निर्देशनमा रहेका गीत संगीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..