काभ्रेपलान्चोक – दशौं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा काभ्रे जिल्ला यतिबेला उकुसमुकुस भएको छ। गोकुल बास्कोटाको निर्देशन चल्ने काभ्रेमा जिल्ला अध्यक्ष को बन्ने भन्ने लगभग कनफम भएको स्रोतको दावि छ। यद्यपि अध्यक्षको लागि पाँच जना नेताहरु नाम यति बेला चर्चामा छ । अशोक व्यन्जु, चन्द्र लामा, कञ्चन अधिकारी, भिम न्यौपाने ,नारायण पाण्डे रहेका छन् ।

जिल्ला अधिवेशन आउन दुई दिन बाकिँ हुदा कुरोले अर्को मुड लिएको र अध्यक्ष अशोककुमार व्यन्जु नै अध्यक्ष हुने पक्का पक्कि भएको एमाले निकट स्रोतको दावि छ। उपाध्यक्षमा दावि गर्ने कोहि नदेखिएकाले अध्यक्षका प्रत्यासीहरुलाई उपाध्यक्षमा लैजान गोकुल बास्कोटालाई सजिलो पर्ने देखिन्छ । सचिवमा भने हरिशरण दाहाल, इन्द्र तामाङ लगायतको दावि देखिन्छ । उपसचिवमा जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिनाको दरो दावी रहेको स्रोतको दावि छ।

महिलाबाट उपसचिव रिता ढकाल (धरिना) हुने निश्चित जस्तै छ।गोकुल बास्कोटाले सहमति गराउदाको कहाँ पुग्ने ठेगान छैन।पदाधिकारीमा हाइटेक प्रविधिको प्रयोग नहुने र पुर्व मन्त्री गोकुल बास्कोटाले पदाधिकारी टुंगो लगाउने निश्चित छ। सदस्यमा भने भोटिङ हुने सम्भावना धेरै रहेको एमाले नेता कार्यकर्ताको दावि छ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..