शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारणसभा सम्पन्न

काभ्रेपलान्चोक – शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिज्ञापन

बिहान ११ बजेबाट शुरु भएको १० औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष श्याम प्रसाद पाण्डेले गरेका हुन भने राष्ट्रिय सहकारी महासंघका पुर्व केन्द्रिय अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यतामा भएको थियो । साधारणसभाको राष्ट्रिय सहकारी महासंघका पुर्व केन्द्रिय अध्यक्ष केशव बडालले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव बडालले सहकारी बारे प्रस्ट पार्नु भएको थियो । देशको समसामयिक विषयमा सहकारीकर्मीहरुले पनि जानकारी राख्नुपर्नेमा जोड दिँदै कार्यक्रममा बडालले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनु भयो ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम प्रसाद पाण्डेले शेयर सदस्यहरुले अन्य बैंक वा सहकारीमा नगई शिक्षकहरुको हक हित र उन्नतिको लागि एक मात्रै रहेको संस्था सम्पुर्ण शिक्षकहरु समाहित भइ शिक्षक हित सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड गर्नु भएको थियो । कतिपय सहकारीहरुले पछिल्लो समय नीति र कानून भन्दा बाहिर गएर कारोबार गरेको भन्दै सहकारी ऐन र नियम अनुसार चल्दै सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने कुरामा जोड दिनु भयो । छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको पाण्डेले बताउनु भयो ।


कार्यक्रममा असल ऋणीमा सिंह बहादुर लामा लाई सम्मान गरिएको थियो भने सियर सदस्यहरु बाट चिट्ठा कार्यक्रम संचालन गरि चिट्ठा पर्ने सियर सदस्यहरु लाई भित्ते घडी उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नेत्र बहादुर बस्नेतले राखेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव रामचन्द्र भट्टराईले गरेका थिए ।

साधारणसभामा अध्यक्ष श्याम प्रसाद पाण्डेले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक चित्र प्रसाद गौतमले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष माधव प्रसाद दाहाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा ६१४ जना सेयर सदस्य रहेका छन् । उक्त कार्यक्रममा कार्यालय व्यवस्थापक तोरण प्रसाद गौतमलाई नगद सहित सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, समृद्धि साकोसका अध्यक्ष साधुराम दाहाल, लगायत संस्थाका सियर सदस्यहरुको उपस्थिति रहेको थियो ।