काभ्रेपलान्चोक – समृद्धिको आधार नै सक्षमता… भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।         

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिहान ११ बजेबाट सुरु भएको २७ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले गरेका हुन भने सहकारी विद कैलास भक्त प्रधानाङ्ग प्रमुख आतिथ्य हुनुहुन्थ्यो ।साधारणसभाको सहकारी विद कैलास भक्त प्रधानाङ्गले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कैलास भक्त प्रधानाङ्गले सहकारी बारे प्रस्ट पार्नु भएको थियो । उता सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष रमेश काजी श्रेष्ठले शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड गर्नु भएको थियो । छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको उहाँले बताउनु भयो । 

साधारणसभामा अध्यक्षले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजकले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मणि श्रेष्ठले राखेका थिए भने कार्यक्रममा बिनायक साकोस भक्तपुरका अध्यक्ष नारायण प्रसाद स्वगमिस्वा, भोमी बहुउद्देश्यीय सहकारी संस्था लि. का उपाध्यक्ष हरि बहादुर श्रेष्ठ, संस्थाका संचालक समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्यहरुको उपस्थित रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पार्वती थापाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..