काठमाडौं : बरिष्ट सौन्दर्यबिद सोनी काररंजित मार्फत कलंकी स्युचाटारमा रहेको बिना ब्यूटी पार्लरको उद्घाटन गरिएको छ। सौन्दर्यकर्मी बिना लामा द्वारा संचालनमा ल्याइएको बिना ब्यूटी पार्लरको उद्घाटन एक भब्य कार्यक्रम बीच प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको हो । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

सौन्दर्यकर्मी बिना लामा द्वारा सञ्चालित बिना ब्यूटी पार्लर कलंकी स्युचाटार क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सुबिधा सम्पन्न ब्यूटीपार्लर हो। सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको बिना ब्यूटी पार्लरमा प्रोफेसनल सौन्दर्यकर्मीले ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी बिना लामाले जानकारी गराईन।

रोज ब्यूटी एकेडेमीकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन र केक काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दैबिना ब्यूटी पार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly