काभ्रेपलान्चोक – नमोबुद्ध पर्यटकीय स्थलको रुपम परिचित धार्मिक स्थल नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी काम अघि बढाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।
उनका अनुसार, नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको लागि सिढि, पर्खाल निर्माण, २ स्थानमा प्रवेशद्धार, सडक बत्ती, सौर्य वत्ती, ढुंगा छाप्ने, सार्वजनिक शौचालय, लगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको उनले जानकारी दिए । डिपिआर अनुसार थप काम अघि बढाउन संघीय पर्यटन मन्त्रालय, प्रदेशको पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरेको नगर प्रमुख लामाले जानकारी दिए । नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समिति गठन गरेर संस्थागत विकासको लागि पहल भइरहेको छ । मन्दिर र गुठीमा संकलन भएको दान, भेटी पनि समिति मार्फत व्यवस्थित गरिएको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानी काठमाडौंबाट ५० किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङ देखि फुलबारी सडक खण्ड असहज हुँदा पर्यटकले सास्ती बेहोर्दै आएका छन् ।
पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाईकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट बाट मनोरम हिम शृखंलाहरु देख्न सकिन्छन् । पर्यटकीय यो क्षेत्रको धार्मिक महत्व पनि छ । बौद्ध धर्मवालम्वीहरुले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । गौतम बुद्धको जन्म यहाँ भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महासत्व (गौतम बुद्ध) ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरिरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती पनि छ । सोही सम्झनामा कार्तिक पुर्णिमाको दिनमा यहाँ मेला समेत लाग्ने गरेको छ ।
कार्तिक पुर्णिमाको अवसर लाग्ने मेलामा यो बर्ष कार्तिक २१ र २२ गते काभ्रेका साथै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट ५० हजारभन्दा बढी दर्शनार्थी आई दीप प्रज्वलितसहित पूजाआजा गरेका छन् ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.