आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाइको विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाँउबाट धन आर्जन हुनाले मन हर्षित होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा फाइदै होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अनावश्यक दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा हुने पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..