काभ्रेमा प्रहरीले गर्‍यो पानी तान्ने मेसिन चोरी गर्ने दुई जना पक्राउ

 

काभ्रे । काभ्रे प्रहरीले पानी तान्ने पम्प तथा मेसिन चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका वडा न. १ बस्ने २२ वर्षीय निरोज विक र सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं २ बस्ने वर्ष १९ वर्षीय सागर बयलकोटी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला काभ्रे पनौती न.पा.९ सुनथान स्थित वडा कार्यालय, वडा नं ९ कै बस्ने नरेश खडका, राजन श्रेष्ठ, वडा नं १ बस्ने कान्छा शौजु र कमल दुलालको घरमा पानी तान्ने मेसिन चोरी भएको खबर पाएपश्चात प्रहरीले खोजी तथा अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

उनका अनुसार, सिसिटीभी फुटेजको आधार उनीहरुलाई प्रहरी चौकी पनौतीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।