काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले वडा नम्बर ५ र ८ को वडा कमिटी गठन गरिएको छ।

बनेपा नगरपालिका वडा नम्बर ५ र ८ को वडा कमिटी कार्यालयमा बुधबार भएको युवाहरुको भेलाले राष्ट्रिय युवा संघको ५ र ८ वडा कमिटी गठन गरेको हो। 

राष्ट्रिय युवा संघ नेपाल बनेपा वडा नम्बर ८ ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ काभ्रे जिल्ला अध्यक्ष सागर रायमाझीले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी राख्नु पर्ने बताउनु भयो । उहाँले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी रहेको बताउनु भएको छ ।   

राष्ट्रिय युवा संघ नेपाल बनेपा ५ मा भएको युवा संघको भेलाले श्रीराम ढुंगानाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ।
उता बनेपा ८ मा भएको युवा संघको भेलाले साजन मानन्धरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ।

नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रंजितले कार्यक्रममा बोल्दै समाजमा हुने सामाजिक बिकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी भएको बताउँदै गलत कार्यबिरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउनु भयो । उक्त वडा कमिटी गठन कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका पदाधिकारी, राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीका पदाधिकारी र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

उता युवा संघको भेलामा बेल्दै नेकपा एमाले बनेपा नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरले युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा आफूले पनि सहयोग गर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी अध्यक्ष बिक्रम रंजितले युवा देश निर्माणको मेरुडण्ड रहेको बताउनु भयो । उहाँले नगरको विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन पर्ने बताउनु भयो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..