काभ्रेपलान्चोक – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।
संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहकारी सम्बन्धि प्रशिक्षण सहित बृहत वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीको बारेमा चेतना फैलाउने उद्देश्य सहित सहकारी प्रशिक्षण कार्यक्रम गरेको उक्त सहकारीका सचिब शिव प्रसाद ढुंगेलले जानकारी दिए ।
कार्यक्रममा झण्डै ५०० जना भन्दा बढि शेयरसदस्यहरुको सहभागीता रहेको र कार्यक्रमलाई थप सु-संस्कृति माहोल बनाउन राष्ट्रिय ख्याती प्राप्त कलाकारको उपस्थितिमा मनोरञ्जन समेत गराएको संस्थाका व्यवस्थापक दिपेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।
संख्यात्मक रुपामा धेरै मानिस जम्मा गरेर प्रशिक्षण सहित बृहत वनभोज कार्यक्रम गरेर जिल्ला कै उत्कृष्ट मध्यको एक शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सबैलाई चुनौती थपिदिएको छ।