भक्तपुर/बालबालिकाकाे प्रतिभा विकास गर्ने उद्देश्यले नेशनल प्याव्सन भक्तपुरकाे अायाेजनामा सम्पन्न बालकथा लेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका सरिना लामा प्रथम भएकी छिन् ।
नेशनल प्याब्सनको सदस्य विद्यालयका आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि बालकथा लेखन प्रशिक्षण दिइएको थियो । प्रशिक्षण प्रदान गरी प्रशिक्षणमा सहभागी विद्यार्थीबीच बालकथा लेखन प्रतियोगितामा आयोजना गरेको हो ।
उक्त बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कूलकी सरिना लामा विजयी भइन् । प्रतियोगितामा क्रमशः ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ र साइनिङ स्कुलका अजित नेपाल द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा प्रोत्साहन स्वरुप पुरस्कार युनिटी स्कुलकी आश्लिना खड्कालाई प्रदान गरिएको थियो ।
बालकथा लेखनको प्रशिक्षण बाल साहित्यकार एवं बालकथा लेखक कार्तिक्य घिमीरेले दिएका थिए । प्रतियोगिताका विजयी तथा प्रतियोगितामा सहभागी ३० जना विद्यार्थीहरुले लेखेको बालकथा कथा संग्रहमा छापिने समेत प्रशिक्षक घिमिरेले बताए ।
बालकथा लेखन प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह-अध्यक्ष सुवास न्यौपानेले शिल्ड, केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछुले मेडल र केन्द्रीय सदस्य जिबि खड्काले प्रमाणपत्र वितरण गरी विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिएका थिए ।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीहरुको लेखन क्षमतामा अभिवृद्धि ल्याउन, सिर्जनशीलतामा विद्यार्थीहरुलाई रुचि राख्न प्रेरणा दिन, नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्न, साँस्कृतिक सम्पदाको प्रवर्द्धण र संरक्षण गर्न समेत बालकथा लेखन प्रशिक्षण तथा प्रतियोगिता अायाेजना गरिएको बताए ।बालबालिकाहरु मार्फत मार्ग बन्ने समेत भक्तपुरका अध्यक्ष संजय खड्काले बताए ।
नेशनल प्याव्सन भक्तपुरका सचिव जय प्रकाश राईले जिल्लामा रहेका सदस्य विद्यालयहरुको उत्थान र विद्यार्थीहरुको क्षमता विकासका लागि आगामी दिनमा विभिन्न कार्यक्रमहरु ल्याइने बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..