काभ्रेपलान्चोक – आज चन्द्रागिरि हिल्स प्रा. लि. र चन्द्रागिरि पर्यटन विकास समितिकाे आयाेजना र भिक्समिडिया- द भ्वाईस अफ सेफकाे समन्वयमा नेपाली खाना प्रवर्द्धनका अभियन्ता तथा संस्थाहरू सम्मानित भएका छन् ।
विषेश सम्मान नेपाली खाना र नेपाली भान्से (सेफ) लाई माया गर्ने व्यक्तित्व हाेटल संघ नेपालका उपाध्यक्ष विनायक शाहलाई सेफहरूका संस्थाहरूले संयुक्तरूमा सम्मान गरेका थिए ।
त्यसै गरि आयाेजक संस्थाले नेपाली खाना प्रवर्द्धन गर्न आ-आफ्नो क्षेत्र वाट लाग्ने संस्थाहरू ग्लाेवल नेपालिज सेफ फेडेरेसन,सेफ एशाेसियसन अफ नेपाल ,ग्यास्ट्राेनाेमि एशाेसियसन अफ नेपाल ,ग्यास्ट्राेनाेमि टुरिजम एशाेसियसन नेपाललाई सम्मान गरेको थियाे ।
कार्यक्रममा सम्मानित हुने व्यक्तित्व विनायक शाहले अब नेपाली खानाकाे प्रवर्द्धन र सम्वर्धन गर्न खाना महाेत्सव,उत्सव तथा दिवस मनाउंदै नेपाली खाना खुवान लागि पर्नु पर्ने विचार व्यक्त गर्नु भयाे ।
त्यस्तै सम्मानित हुने संस्था ग्लाेवल नेपालिज सेफ फेडेरेसनका केन्द्रीय महासचिव माेहन गजुरेलले नेपालमा १२८ जात जाति रहेकोमा प्रत्येक जातिकाे खानालाई नेपालि रैथाने खानाकाे रूपमा लिंदै अगाडि वढाउने हाे भने ६०० भन्दा वढि नेपाली खाना हुने थियाे र एक सेफ एक सय नेपाली खाना सिक्ने र सिकाउने अभियान संचालन गर्दै सातै प्रदेशमा विभिन्न संघ संस्थाहरू संग मिलेर चौरासी व्यञ्जन खाना पस्कंदै खाना वाेल्छ अभियान संचालन गर्ने विचार व्यक्त गर्नु भयाे ।
कार्यक्रममा विभिन्न व्यक्तित्वकाे सम्मान गरिएकाे थियाे ।
कार्यक्रम संचालन द भ्वाइस अफ सेफका संचालक बिक्रम भिक्सले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..