बनेपा, असार ३ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल बनेपा नगर कार्यसमितिको आयोजनामा आयोजित कक्षा १ देखि ३ सम्मका छात्र-छात्राहरुका लागि नगरस्तरीय अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपा–८ मा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छात्रा (Girls) तर्फ: प्रथम – विदिशा झा (विद्यासागर मा.वि.), द्वितीय – सान्वी त्रिपाठी (काभ्रे मा.वि.), तृतीय – सविरा भुजेल (बिकटेश्वर ई. से. स्कुल), सान्त्वना – करिश्मा राई (ग्रेसल्याण्ड से. स्कुल)
छात्र (Boys) तर्फ प्रथम – सायन अधिकारी (स्प्रिङ हिल स्कुल), द्वितीय – ऋषम श्रेष्ठ (विद्यासागर मा.वि.), तृतीय – अविक द्वित (काभ्रे मा.वि.), सान्त्वना – रेडियम देव थापा (प्रगति प्रभात एकेडेमी) ले प्राप्त गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन काभ्रेको अध्यक्ष श्याम भुजेलले “आजको यो नगरस्तरीय अंग्रेजी हस्तलेखन प्रतियोगिता सिर्जनशीलता, अनुशासन र मेहनतको उत्कृष्ट मिसाल हो। यस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो लेखाइमार्फत आत्मविश्वास, सौन्दर्यबोध र भाषा-प्रतिको लगाव प्रदर्शन गरेका छन्। डिजिटल युगमा हस्तलेखनको महत्त्व अझ गहिरो रूपमा बुझ्न आवश्यक छ, किनभने यो केवल अक्षरको आकार मात्र होइन, व्यक्तित्वको पहिचान पनि हो।
प्याब्सन बनेपा नगर कार्यसमितिका अध्यक्ष महेन्द्र बिष्टले विजयी विद्यार्थी तथा विद्यालयहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, सम्पूर्ण सहभागी विद्यालय तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन् ।