काभ्रेपलान्चोक – जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ३७५ वटा दुई पाङ्ग्रे, १५५ भाडाकार (ट्याक्सी) र १७० वटा साना तथा ठूला सवारी गरी जम्मा ७०० वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।

नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुरु गरेको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको छ । ट्राफिक महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ३५ वटा चेकप्वाईन्टहरू राखि कडाई गरिरहेको छ ।     

एसएसपी जोशीले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण चेकजाँज गरी कडाई गरेको बताए ।
नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न,अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत ट्राफिक महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..