विराटनगरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

बिज्ञापन