
उहाँका अनुसार ठूला मेडिकल कलेज तथा आफ्नै अस्पताल सञ्चालन गर्ने कलेजहरूलाई पिसिएल नर्सिङ पढाइका लागि अनुमति प्रदान गर्ने तयारी चलिरहेको छ। आवश्यक परे अध्यादेशमार्फत अतिरिक्त प्रावधान थपेर पनि कार्यक्रम सुरु गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो। मन्त्रालयले हाल सात विषयगत क्षेत्रमा सुधारका लागि काम थालिएको पनि जानकारी दिइयो।

उहाँले आफ्नो सरकारी सेवाको सुरुआत भरतपुर अस्पतालबाट भएको स्मरण गर्दै वर्तमान प्रगतिले आफू सन्तुष्ट रहेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको दीगो सुधारका लागि नीतिगत पुनर्संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

समारोह भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालका सेवा, सुविधा तथा चुनौतीबारे जानकारी प्रस्तुत गर्नुभयो।


ट्रमासेन्टर निर्माणमा करिब रु ११ करोड खर्च भएको र उपकरण खरिदका लागि रु २ करोड ५० लाख खर्च भएको समितिका अध्यक्ष पौडेलले बताए। हाल १५ श्ययाबाट सेवा सुरु गरिएको ट्रमासेन्टरलाई भविष्यमा ५० श्ययासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।


