एबीएम स्कूलमा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो

काभ्रेपलाञ्चोकको बनेपा–११, बनेपा हाइटस्थित एबीएम स्कूलले शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला गरेको छ। विद्यालयले प्ले ग्रुपदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ।

काभ्रे जिल्लाकै पहिलो ISO 21001:2018 प्रमाणित विद्यालयको रूपमा परिचित एबीएम स्कूलले गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री शिक्षण विधि तथा अनुशासित वातावरणमा अध्ययन-अध्यापन गराउँदै आएको छ।

बिज्ञापन

विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गरिनुका साथै अतिरिक्त क्रियाकलाप, विज्ञान तथा प्रविधि प्रदर्शनी, नृत्य, संगीत तथा खेलकुद गतिविधिलाई पनि प्राथमिकता दिइन्छ।

विद्यार्थीहरूको सुरक्षित आवतजावतका लागि व्यवस्थित स्कुल बस सेवाको समेत व्यवस्था गरिएको छ।विद्यालय प्रशासनले सीमित सिट भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न अभिभावकलाई अनुरोध गरेको छ। थप जानकारीका लागि विद्यालयको आधिकारिक वेबसाइट तथा सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिनेछ।