आज एनपिएलमा दुई रोचक भिडन्त: जनकपुर–विराटनगर र कर्णाली–सुदूर आमनेसामने

काठमाडौं । एनपिएल दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरमा दुई खेल हुने छन्।

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स बीच हुनेछ। उद्घाटन खेलमा हार व्यहारेको जनकपुर पहिलो जित खोज्दैछ भने अपराजित विराटनगर लोकेश बम, गप्टिल र सन्दीपको बलियो प्रदर्शनमा भरोसा गर्दै मैदान उत्रन्छ।

बिज्ञापन

दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुनेछ। अपराजित सुदूर शीर्षस्थानमा छ भने कर्णाली शतकवीर मार्क वाटको उत्कृष्ट फॉर्ममा निर्भर रहनेछ।

दुवै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन्।