मधेशभर बढाइयो सुरक्षा सतर्कता, धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म

# मधेशभर बढाइयो सुरक्षा सतर्कता, धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, पुष २०, २०८२
मधेशभर बढाइयो सुरक्षा सतर्कता, धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म
जनकपुरधाम । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ ।

धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको बताए ।

नकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानक कष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरु आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up