स्मृति गौतमको नयाँ तीज गीत ‘सुकेको कम्मर’ सार्वजनिक

 

काठमाडौं – गायक तथा मोडल स्मृति गौतमको आवाजमा सजिएको नयाँ तीज गीत ‘सुकेको कम्मर’ सार्वजनिक भएको छ। म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका छन् भने गीतमा लमिन तामाङ र गोबिन्द बिवस मोडलको रूपमा देखिनेछन्।

बिज्ञापन

गीतका शब्द अमृत भारतीले लेखेका हुन् भने संगीत, हुकलाइन र एरेञ्ज सबै राम कुमार नेपालीले गरेका छन्। गीतको रेकर्डिङ खुमन र सुमन रानाले गरेका छन्, मिक्सिङ तथा मास्टरिङ्ग कुमार रानाले पूरा गरेका छन्। भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन्।

यो गीत मारुनी डिजिटल स्टुडियोमा तयार भएको हो र स्मृति गौतमको युट्युब च्यानल मार्फत् तीज अवसरमा दर्शकसमक्ष ल्याइएको छ।