काभ्रेपलान्चोक – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज पाँचखाल नगर कमिटीको कार्यालयमा गएर आउदो चुनावमा पार्टीलाई विजयी गराउने गरी अघि बढ्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पोखरेल लाई नेकपा एमाले काभ्रेका नेता कञ्चन अधिकारी लगायत पाँचखाल नगर कमिटीले स्वागत गरेको थियो । पोखरेलले चुनावमा एमालेलाई विजयी गराउने गरी पार्टी संगठनलाई चलायमान बनाउन निर्देशन दिएका हुन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा जाने क्रममा नेकपा एमाले काभ्रेका नेता कञ्चन अधिकारीले सम्पर्क गरेपछि महासचिव पोखरेल, स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य शेरवहादुर तामाङ, प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायत एमाले पाँचखाल नगर कमिटीको कार्यालयमा उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..