काभ्रेपलान्चोक – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपाको चारदोबाटोमा प्रदर्शन भएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै मंगलबार बनेपामा प्रदर्शन गरेका हुन्।

केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ । ह्वाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ भने ह्वाई इन्धन (बाह्य) तर्फ १.५४५ यूएस डलर पुर्याइएको छ । यस्तै, एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पेट्रोल, डिजेल, ग्यास , मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको हो ।

बिरोध पछिको कोणसभामा बोल्दै राष्ट्रिय युवा संघ नेपाल, काभ्रे जिल्ला अध्यक्ष सागर रायमाझीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति युवा संघ र अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताए ।

मूल्यवृद्धिबाट लाखौं युवाहरु र विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने बताए। यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत युवा संघ काभ्रेले माग गरेको छ।   

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..