काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपाले गाँजा खेती फडानी गरेको छ । बनेपा आसपासमा रहेको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको छ । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न थालेको हो ।

सोमबार बिहानै पुलबजार, पुरानो तरकारी बजार लगायत इप्रकाको सबै युनिट बाट गाँजा खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय बनेपाले काभ्रे प्रेस लाई जनाएको छ।

गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएर प्रहरीले यो काम गरेको बताएको छ। प्रहरीका अनुसार स्थानीयको बारीमा प्राकृतिक रुपमा गाँजा उम्रिने गरेको पाइएको छ । उक्त गाँजालाई स्थानीयले बेचविखन गर्न थालेपछि प्रहरीले अभियाननै चलाएर नष्ट गर्न थालेको हो ।

ज्ञान कुञ्ज कलेजका शिक्षक, बिद्यार्थी र इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा ५० जनाको टोली खटिएको थियो।

सो टोलीले बनेपाको ज्ञान कुञ्ज कलेज पछाडि रहेको गाँजा खेती , पुलबजारमा रहेको , धनेश्वोर पुल नीर रहेको गाँजा र पुरानो तरकारी बजार पछाडि रहेको गाँजा फडानी गरेको हो।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..