– अरविन्द्र गौतम
आफ्नो स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी पत्रिका हो नवक्षितिज साप्ताहिक पत्रिका । जिल्लामा आफ्नो गतिलो प्रभुत्व जमाएको यस पत्रिकाले राष्ट्रिय मुलधारको पत्रिका र पत्रकारितासँग व्यवसायिक प्रतिष्प्रर्धा समेत गर्दै आईरहेको छ ।
खासगरी नेपालको पत्रकारिता क्षेत्रमा एक महत्वपूर्ण पहिचान बनाएको “नवक्षितिज साप्ताहिक” पत्रिका निरन्तर रूपमा समाजका विविध पक्षहरू उजागर गर्दै आएको छ । सूचना, विचार, विश्लेषण र विविधताले भरिएको यो पत्रिका पाठकहरूका लागि गहकिलो सामग्री प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा स्थापित छ । यस पत्रिकाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, र साहित्यिक लगायतका विविध विषयवस्तुहरुमा गहिरो अनुसन्धान र समीक्षात्मक लेख प्रकाशित गर्दै आएको छ । पत्रकारितामा नवीन सोच, निष्पक्ष विश्लेषण, र तथ्यमा आधारित रिपोर्टिङ यस पत्रिको मुख्य ध्येय हो ।
“नवक्षितिज साप्ताहिक” पत्रिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरुलाई पनि विश्लेषणात्मक रूपमा प्रस्तुत गर्छ । सामाजिक मुद्दाहरू, मानव अधिकार, महिला सशक्तिकरण, प्रविधि, खेलकुद, साहित्य, चलचित्र, गीसंगीत तथा मनोरञ्जन जस्ता विभिन्न विषयवस्तुहरूलाई प्राथमिकताका साथ समेटदै आएको पाईन्छ ।
नवक्षितिज साप्ताहिकले अनुसन्धानमूलक पत्रकारितामा विशेष ध्यान दिएको छ । विशेषगरी भ्रष्टाचार, शासन प्रणाली, जनहितका विषय, आर्थिक अनियमितता, र सामाजिक विकृतिहरूलाई उजागर गर्दै पत्रकारिताको मौलिक धर्मलाई आत्मसात गर्ने कार्य यसले गर्दै आएको छ ।
“नवक्षितिज साप्ताहिक” ले ग्रामिण भेगका आवाजहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ग्रामिण क्षेत्रमा भएका सामाजिक, आर्थिक, र राजनीतिक लगायतका मुद्दाहरूलाई उजागर गर्दै स्थानीय बासिन्दाहरूको समस्या, उपलब्धि, तथा अवसरहरूको बारेमा राष्ट्रिय तहमा बुलन्द आवाज उठाउने कार्य यस पत्रिकाले विगत देखी नै निरनतर रुपमा गर्दै आईरहेको छ ।
यस पत्रिकाले गाउँ–गाउँमा गएर जनताको विचार, कथा, संघर्ष, र सफलताका कथाहरुलाई सार्वजनिक गर्दै उनीहरूको जीवनशैलीमा सकारात्मक प्रभाव पार्न विशेष भूमिका खेलेको छ । कृषि, साना व्यवसाय, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, तथा पूर्वाधार विकास जस्ता विषयहरूलाई पनि यस पत्रिकाले विशेष स्थान दिँदै ग्रामीण समुदायको वास्तविकलाई आमरुपमा उजागर गर्ने सकारत्मक प्रयास गर्दै आएको छ ।
विशेष गरी यस पत्रिकाले पछिल्लो समयमा आम सञ्चार तथा ईन्टरनेटको पहुँचका कारणले ग्रामीण क्षेत्रमा सञ्चार पहुँच अभिवृद्धि गर्न पत्रकारिताका विभिन्न आयामहरु जस्तैः मोवाईल पत्रकारिता, सामुदायिक संवाद र डिजिटल प्लेटफर्म मार्फत सुसुचित गर्दै आएको छ । स्थानीयस्तरका मुद्दाहरूलाई उजागर गर्दै राज्यका सम्बन्धित निकायहरूलाई जवाफदेही बनाउने कार्यमा पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
त्यसै गरी मनोरञ्जन पत्रकारितामा पनि “नवक्षितिज साप्ताहिक पत्रिका” को योगदान अतुलनीय छ । यस पत्रिकाले नेपाली फिल्म, संगीत,साहित्य, तथा कलाकारहरूको जीवनशैलीबारे विश्लेषणात्मक सामग्री प्रदान गर्दै आईरहेको छ । विशेष गरी मैले विगत ८ वर्ष भन्दा वढि समय देखीे मनोरञ्जन विटमा आधारित रहेर नेपालका विभिन्न सेलिब्रेटी कलाकारहरु को अन्तर्वाता तथा फिचर लेखहरु लेख्दै आईरहेको छु । यो अवधिमा मैले २०० भन्दा वढि कलाकारहरुकोअन्तवार्त समेत लएको छु । मेरो पत्रकारिता यात्रामा “नवक्षितिज साप्ताहिक पत्रिका” को योगदान र अवसर पक्कैपनि अविस्मरणिय रहने नै छ ।
मलाई विश्वास छ “नवक्षितिज साप्ताहिक पत्रिका”मार्फत हामीले गरेको पत्रकारिताले नेपाली चलचित्र क्षेत्रका नवीनतम प्रवृत्ति, कलाकारहरूको अन्तरवार्ता, गीत–संगीत समीक्षा, र नाटक–संस्कृतिबारेमा नेपाल र विश्वभर प्रचार प्रसार र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ र खेल्ने छ साथै, यस पत्रिकाले मनोरञ्जनको क्षेत्रमा उदाउँदा प्रतिभाहरूलाई उजागर गर्दै उनीहरूको प्रतिभालाई समाजमा चिनाउने काम पनि गर्दै आईरहेको छ र पत्रिकाले यस कार्यलाई निरन्तरता दिनेछ भन्ने विश्वास लिएका छौं ।
विशेषतः हाम्रा पाठकहरूका विचार, चासो, र प्रतिक्रियालाई प्राथमिकतामा राख्दै पत्रिकाले आफ्ना सामग्रीलाई निरन्तर सशक्त बनाउँदै लगेको छ । चाहे त्यो अनलाइन संस्करण मार्फत होस चाहे त्यो प्रिन्ट तथा छापा पत्रिकाका माध्यामले होस् हामी हाम्रो पत्रकारिता र पत्रिकालाई डिजिटल युगसँग आफूलाई अद्यावधिक गर्दै व्यापक रुपमा पाठकमाझ विश्वभर पुग्ने प्रयास गरि रहेको छ र गरि रहने पनि छौ । यसको ज्वलन्त उदाहरण हो यस “नवक्षितिज साप्ताहिक पत्रिका” ले पनि डिजिटल पत्रकारितालाई आत्मसात गर्नु । यतिवेला पत्रिकाले आफ्नो संस्करणहरुलाई सामाजिक सञ्जाल, वेब संस्करण र मल्टिमिडियाहरु मार्फत प्रभावकारिता ढंगले आम मानिसहरुको विचमा लाने छ भन्नेमा म यस पत्रिकाको एउटा पत्रकार भएको हैषियतले विश्वस्त रहेको छ ।
अन्त्यमाः पत्रकारितामा नयाँ सोच, गहन विश्लेषण, र सत्य तथ्यको खोजी गर्ने प्रणका साथ “नवक्षितिज साप्ताहिक पत्रिका” नेपाली सञ्चार माध्यमको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । समाजलाई जागरूक बनाउने, जनताका आवाजलाई बुलन्द गर्ने र निष्पक्ष पत्रकारिताको उदाहरण यस पत्रिकाले प्रस्तुत गर्ने छ भन्ने व्यक्तिगत रुपमा म विश्वस्त रहेको छु भने आम मानिसहरुलाई पनि म विश्वास दिलाउन चाहान्छु । साथै “नवक्षितिज साप्ताहिक पत्रिका” ले आफ्नो २५ औं बसन्तमा प्रबेश गरेको सुखद उपलक्ष्यमा हामी सम्पुर्ण नेपाली तथा काभ्रेली जनताहरुलाई धन्यवाद तथा शुभकामना दिन चाहान्छौं ।