
काभ्रे — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अहिले तोरि–फूलको सगोलो सौन्दर्यले भरिएको छ। सुनौलो रङले ढाकिएको खेत–बारीले गाउँको प्राकृतिक आकर्षण थपिएको छ भने तोरिका फुल फुल्ने मौसम मौरीपालकका लागि उपजिलो समय बनेको छ।

यहाँका किसान र मौरीपालकले परम्परागत ज्ञानसँगै आधुनिक प्रविधि प्रयोग गर्दै मौरीपालनलाई आय–आर्जनको प्रमुख माध्यम बनाइरहेका छन्। तोरिका फूलबाट प्राप्त हुने ताजा र शुद्ध मह स्थानीय बजारमा लोकप्रिय छ।

स्थानीयका अनुसार मौरीपालन विस्तारका लागि गाउँपालिकाले बजेट र अनुदानमार्फत थप सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ। मौरीपालनले कृषि आय मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पारेको स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ।


तोरि फुलेका बारी, मौरीको चहलपहल, स्थानीय परिकार र प्रकृतिको आकर्षणसँगै बेथानचोकलाई ‘सुन्दर गाउँपालिका’ र नयाँ गाउँ–पर्यटन गन्तव्यका रूपमा विकसित हुने ठूलो सम्भावना देखिएको छ।



