काभ्रेपलान्चोक – नेकपा एमालेको तर्फबाट भुम्लु गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम लामाले समृद्ध भुम्लुको सपना पुरा गर्न उम्मेदवारी दिएको बताएका छन् ।

पुर्व जिल्ला समन्वय समितिको सदस्य समेत रहेका लामाले विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण रहेकाले समृद्ध भुम्लुका लागि एमालेले नै जित्नु पुर्ने बताएका छन् ।

उनले ती भुम्लु बासीको सपना पूरा गर्ने बताए । जनताले विश्वास गरेर यो पटक भोट दिन समेत आग्रह गरेका छन् । जनताको साथ लिएर सुखी नागरीक, समृद्ध भुम्लुको सपना साकार पर्ने उहाँको भनाई छ । जिल्लाभरी दर्ता भएका ३० दल एकातिर र एमाले एक्लै एकातिर हुँदा पनि एमालेले २९ दललाई पराजीत गर्ने उनको दाबी छ ।

भुम्लुमा कृषि क्षेत्रको विकास बिना जनताको जीवनस्तर उकास्न सम्भव नभएको निष्कर्षमा पुगेर आफ्नो कार्यकालमा कृषि क्षेत्रमा उल्लेख्य काम गर्ने र गाउँमा नै रोजगारीको काम हुने वातावरणमा सिर्जना गर्ने बताए । भैंसी प्रवद्र्धन कार्यक्रम, गाई प्रवद्र्धन, बाख्रा प्रवद्र्धन, बेमौसमी तरकारी खेती लगायतका कामलाई थप व्यवस्थीत गर्ने उनको भनाई छ ।

धार्मिक पर्यटन र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने, साना साना उद्योग स्थापना, दोलालघाटमा पर्यटनको बिकास, सडकको स्तरोन्नति, सफा स्वच्छ खानेपानी र सिप विकासमा गर्ने गाउँपालिका अध्यक्षका उम्मेदवार लामाले बताएका छन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..